• २० असोज २०८३, मंगलबार
  • २ः५६ राती

सुनचाँदीको भाउ घट्यो

प्रकाशित मिति

२०७९ जेष्ठ १८ गते, बुधबार ११:२१

१८ जेठ २०७९, काठमाडौँ : नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

National Life

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया