• 4:26 pm

रक्सीमा बढ्यो कर, बियरमा लिटरमै ३० रुपैयाँ अन्तशुल्क वृद्धि

प्रकाशित मिति

२०७९ जेष्ठ १६ गते, सोमबार ०९:४०

१६ जेठ २०७९, काठमाडौँ : सरकारले मदिराजन्य पदार्थमा लाग्ने अन्तशुल्क र भन्सार दर बढाएको छ । अल्कोहलरहित बियरमा २० रुपैयाँबाट ३० रुपैयाँ अन्तशुल्क लाग्ने व्यवस्था भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले इनर्जी ड्रिंक्सको अन्तशुल्क प्रतिलिटर ३६ बाट ५० रुपैयाँ बनाएका छन् ।


त्यसैगरी जौबाट बनेको वियरमा अन्तशुल्क प्रतिलिटर १९८ रुपैयाँबाट २२८ रुपैयाँ पुर्याइएको छ । अन्डिनेर्यड इथाय अल्कोहलमा अन्तशुल्क प्रतिलिटर ७० बाट ८०, एक्स्ट्रा न्युट्रल अल्कोहलमा ७६बाट ८६, एनहाइड्रस इथानलमा ९ बाट १२ र वाइनमा १९८ बाट २२८ रुपैयाँ पुर्याएको आर्थिक विधेयकमा उल्लेख छ ।


४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १५९२ रुपैयाँबाट १७५० रुपैयाँ बनाएको छ । ४२.८ प्रतिशत अल्कोहल भएको हकमा ११८८ रुपैयाँबाट बढाएर १३०६ रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा ११०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ ।


३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५५५ रुपैयाँ रहेकोमा अब ६१० रुपैयाँ कामय गरिएको छ । २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ बनाइएको आर्थिक विधेयकमा उल्लेख छ ।

-विभिन्न मदिराजन्य पदर्थको भन्सार दर पनि बढाएको छ ।

प्रतिकृया