• ४ असोज २०८३, आइतबार
  • ७ः१७ बिहान

जहाज दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्– ‘शव चिनिने अवस्थामा छैनन्’

प्रकाशित मिति

२०७९ जेष्ठ १६ गते, सोमबार ०९:२३

१६ जेठ २०७९, काठमाडौँ : तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा पुगेका स्थानीयले शव चिनिने अवस्थामा नरहेको बताएका छन् । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् ।

National Life

कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’ उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

-न्युज कारखानाबाट

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया