• १५:०२ २०८० चैत्र १६ गते
  • 3:02 pm

सरकारले सौन्दर्य सामग्रीमा बढाए कर

प्रकाशित मिति

२०७९ जेष्ठ १६ गते, सोमबार ०८:१५

png clipart ingredients of cosmetics beauty parlour makeup cosmetics assorted makeup kit miscellaneous cosmetics

१६ जेठ २०७९, काठमाडौँ : सरकारले सौन्दर्य सामग्रीमा कर बढाएको छ । अन्तःशुल्क बढाएर सौन्दर्य सामग्रीको आयात निरुत्साहन गर्ने नीतिअनुसार सरकारले कर बढाएको हो । आर्थिक विधेयक २०७९ अनुसार ओठ सज्जाका सामग्रीमा ५ प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुगेको छ । आँखा सजाउने समाग्रीको अन्तशुल्क दर पनि ५ बाट १५ प्रतिशत बनाइएको छ ।


नङपालिस, अनुहारमा लगाउने क्रिम, शरीरमा लगाउने लोसन, पेट्रोलियम जेली लगायतको अन्तशुल्क कर पनि ५ प्रतिशतबाट १५ प्रतिशत कायम भएको छ । स्याम्पु, कपाल सिधा र घुमाउरो बनाउने मेसिन, कपाल रङ्गाउने रसायन, कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनरमा पनि अन्तशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।


दन्तमञ्जन, डेन्टल फ्लस, दाह्री काट्ने सामान, पसिना र गन्ध हटाउने सामग्रीहरु तथा अगरबत्तीसम्मको अन्तःशुल्क पनि १० प्रतिशतले बढाइएको छ ।

प्रतिकृया