जुम्लामा सौर्य प्लान्टमार्फत् विद्युत् उत्पादन हुने
प्रकाशित मिति
२०७९ जेष्ठ १२ गते, बिहीबार ०७:५६

१२ जेठ २०७९, काठमाडौँ : जुम्लाको चन्दननाथ नगरपालिका स्थित खोपेचौर र घुघुत्ती विद्युत गृहको चौरबाट सौर्य प्लान्टमार्फत् विद्युत् उत्पादन हुने भएको छ । त्यहाँ बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको हो । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ ।
जिल्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती विद्युत गृह नजिकको चौरमा सौर्य प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्युत गृह नजिक चौर छनोट गरी पठाएको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।
जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको छ । जिल्लामा अझै पनि सो क्षेत्रका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।
प्रतिकृया