• १९ असोज २०८३, सोमबार
  • १०ः०३ राती

सांग्रिला बैंकका ग्राहकले होटल शारा पोखरामा ३० प्रतिशतसम्म छुट पाउने

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०६:३१

९ जेठ २०७९, काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पोखराको होटल शारामा विशेष छुट पाउने बिषयमा सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन ।

National Life

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, पेय पदार्थ तथा साउना,स्पामा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।


बैंकले हालसम्म मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै सेवा प्रबाह गरिरहेको बैकका बजार व्यवस्थापन प्रमुख अर्पणा बज्राचार्यले बताइन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया