• २० असोज २०८३, मंगलबार
  • १ः५६ राती

सेञ्चुरी बैंकको नयाँ शाखा अब नवलपुरको कावासोतीमा

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०४:४६

९ जेठ २०७९, काठमाण्डौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोतीमा नयाँ शाखा खोलेको छ । बैंकले ग्राहक वर्गहरुलाई थप सुविधा दिने उद्देश्यका साथ सोमबार कावासोती नगरपालिका–८ स्थित कावासोती बजारको इन्द्रचोकमा नयाँ शाखा खोलेको हो ।

National Life

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेको बैंकले जनाएको छ ।


२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु.९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया