• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

२७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०३:२१

९ जेठ २०७९, काठमाण्डौं : नेपाल राष्ट्र बैंकले मंगलबार २७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ प्रकारमा गरी कुल २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो ।

National Life

सार्वजनिक बोलकबोलमार्फत निष्काशन हुने उक्त बिलको सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिकृया