• २० असोज २०८३, मंगलबार
  • १०ः२९ राती

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित सिंहभन्दा हजार मतले पछाडि

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०६:२६

९ जेठ २०७९, काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार साहले४२ हजार ९०२ मत प्राप्त गरेका छन्। शनिबारसम्म दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित शनिबार साँझदेखि तेस्रो स्थानमा झरेका छन्।

National Life

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छिन्। उनले २४ हजार ८६७ मत प्राप्त गरेकी छिन्। तेस्रो स्थानमा रहेका स्थापितले भने २३ हजार ८५ मत प्राप्त गरेका छन्। यता उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छिन्।


पछिल्लो मतपरिणामअनुसार उनले ४२ हजार ४२८ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी० का रामेश्‍वर श्रेष्ठले १४ हजार २५५ मत प्राप्त गरेका छन्। उपमेयर पदमा तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले भने ७ हजार २३ मत प्राप्त गरेकी छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया