• २० असोज २०८३, मंगलबार
  • ७ः१९ बेलुका

भरतपुरमा चार हजार मतले रेनु दाहाल अगाडि

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ११:००

७ जेठ २०७९, काठमाडौँ : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन्। पछिल्लो मत परिणाम अनुसार दाहाल २४ हजार ६६० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २० हजार ६६३ मतसहित पछ्याइरहेका छन्।

National Life

मतगणनाको सुरुवाती दिनमा चर्को प्रतिस्पर्धा भए पनि अहिले रेनुले करिब चार हजार बढी मत पाएकी छन्। सुवेदी र दाहालबीचको मत अन्तर तीन हजार ९९७ रहेको छ। त्यस्तै भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८४० मत प्राप्त गरेका छन्।


भरतपुरको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७९४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १६ हजार १६९ मत पाएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया