• १४ असोज २०८३, बुधबार
  • ११ः२४ राती

काठमाडौँमा सुस्त मतगणना २४ घण्टामा दुई प्रतिशत मात्र !

प्रकाशित मिति

२०७९ जेष्ठ १ गते, आईतवार ०९:०५

१ जेठ २०७९, काठमाडौँ : शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना सुस्त देखिएको छ। मत गन्न समय लागिरहेकाले परिणाम आउन समय लाग्ने आयोगले जनाएको छ। आयोगका अनुसार शनिबार बिहानदेखि सुरु भएको काठमाडौंको मतगणना करिब २४ घण्टामा दुई दशमलव ३ प्रतिशत मात्र सकिएको छ।

National Life

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतगणना चाँडो गर्ने तयारी भए पनि प्रारम्भिक समयमा केही ढिलाइ भएको बताउँछन्। ढिलाई भएका ठूला महानगरमा थप टोली खटाउने तयारी भइरहेको उनको भनाइ छ।


गणनाको सुरुवाती चरणमा ढिला भए पनि गणक टोली थप गर्दै पाँच दिनभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य आयोगले लिएको उनको भनाइ छ। काठमाडौं महानगरमा एउटा मतपत्र गणना गर्न थोरैमा दुई मिनेटदेखि बढीमा १० मिनेटसम्म लाग्ने देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मतपत्रको सुरक्षाका लागि तारजाली राखिएपछि गणकले दलका प्रतिनिधिलाई जाली भित्रबाट मतपत्र देखाउनु पर्ने बाध्यता छ। यसले मतगणनामा धेरै ढिलाइ भएको गणकहरुको भनाइ छ। शुक्रबार देशभर एकसाथ भएको स्थानीय तहको निर्वाचनमा करिब ६४ प्रतिशत मतदाताले भोट हालेका छन्। ६ वटा महानगरमा शनिबारदेखि गणना सुरु भए पनि नतिजा आउन समय लाग्ने देखिएको हो।


निर्वाचन आयोगले मनाङ र मुस्ताङका पालिकाबाहेक अन्य क्षेत्रको मतगणना सार्वजनिक गर्न सकेको छैन। सत्तापक्ष र प्रतिपक्षी काठमाण्डू महानगरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइराखेका छन्। तर, स्वन्त्र उम्मेदवार बालेन शाहले काठमाडौंमा अग्रता लिएका छन्। यो महानगरमा ५२ प्रतिशत बढी मत खसेको छ।


काठमाडौं जस्तै भरतपुर, विराटनगर, पोखरा, वीरगन्ज र ललितपुर महानगरको मतगणनासमेत ढिला भइराखेको छ। यही गतिमा मतगणना भए एक महिना लाग्ने देखिन्छ। आयोगले गणकको संख्या थप गरेर एक सातामा नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। यो अवधिमा मतदाताले ब्याग्र प्रतिक्षा गर्नुपर्ने देखिन्छ।

प्रतिकृया