• २१ असोज २०८३, बुधबार
  • २ः०२ राती

मौसम बदली, वर्षाका कारण मतदाता प्रभावित

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०१:५२

३० बैशाख २०७९, काठमाण्डौं : शुक्रबार देशका विभिन्न भेगमा मध्यम खालको वर्षा भएको छ । वर्षाका कारण मतदानस्थल जाने र मत हालेर फर्किने मतदाता प्रभावित भएका छन् । कतिपय वर्षा भएका स्थानका मतदान केन्द्रमा हिलो भएकाले मतदान कष्टपूर्ण बनेको छ ।

National Life

आज स्थानीय र पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान काठमाडौंसहित लुम्बिनी प्रदेशका पूर्वी भेगमा विहान वर्षा भएको छ । तराईका केही भागमा पनि वर्षा भइरहेको विभागले जनाएको छ ।


शुक्रबार दिउँसो लुम्बिनी र प्रदेश १ का पहाडी भेगका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । प्रदेश नं १, मधेश प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना महर्जनले जानकारी दिइन् । ‘काठमाडौंका केही ठाउँमा पानी परिरहेको छ,’ उनले भनिन्, ‘भोट हाल्न जानेहरुहरुले छाता बोक्नु भए राम्रो हुन्छ ।’ उनका अनुसार सबैजसो स्थानमा वर्षा लामो समयसम्म हुने छैन ।


शुक्रबार राति प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिकृया