• १८ असोज २०८३, आइतबार
  • ८ः०३ राती

स्थानीय निर्वाचन : एक मतदातालाई मतदान गर्न कति समय लाग्छ ?

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०६:२९

३० बैशाख २०७९, काठमाडौँ : आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ। संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।

National Life

कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए । सहप्रवक्ता अर्यालले भने, ‘अहिलेको यो स्थानीय तह निर्वाचनमा मतदान गर्न सरदर ४० देखि ५० सेकेन्ड लाग्नसक्छ । बढीमा १ मिनेट लाग्नसक्छ ।’ उनका अनुसार मतदान केन्द्रमा नाम रुजु गरेर मतपत्र लिएपछि मतदान गरेर फर्किनेसम्मका सबै कार्यका लागि कूल ५ मिनेटभन्दा बढी लाग्दैन ।


मतदान स्थलको दृश्य हेर्दा एकजना मतदाताको प्रवेशदेखि बाहिरिने बेलासम्म प्रक्रियामा ७–८ मिनेट भन्दा पर समय नजाने उनको भनाइ छ । उनले भने, ‘कुनै मतदाताले सुरुमा आफ्नो नाम रुजु गराएको हुन्छ । ऊभन्दा अगाडिकोले नङमा मसी लगाइरहेको हुन्छ । त्यसभन्दा अगाडिको मतपत्र लिएको हुन्छ । ऊभन्दा अगाडि गोप्य मतदान केन्द्रमा जान प्रतिक्षामा बसेको हुन्छ । अर्कोचाहिँ मतपत्रमा स्वस्तिक छाप हानिरहेको हुन्छ । अर्को व्यक्ति त्यही बेलामा मतपेटिकामा मतपत्र खसालेर बाहिरिन लागिरहेको हुन्छ । ७–८ मिनेटमा ७–८ जना मानिस मतदानको विभिन्न चरणमा रहेका हुन्छन् । एउटा मतपेटिकामा सरदर १ हजार जनाले मतदान गरेका हुन्छन् ।’ देशभर १० हजार ७ सय ५६ मतदान स्थल रहेका रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने व्यवस्था गरिएको छ। यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा निर्वाचनको अन्तिम समयमा आयोगले परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो।

प्रतिकृया