• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

थप ४ जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०६:४५

२९ बैशाख २०७९, काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिएका छन् । देशभर २८१७ जनामा गरिएको नमूना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ । नेपालमा हालसम्म ११ हजार ९ सय ५२ जनाको कोरोनाबाट निधन भएको थियो ।

Kamana Sewa

प्रतिकृया