• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

‘हनी बनी’ मा भित्रिए अभिमन्यू

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०६:४०

२८ बैशाख २०७९, काठमाडौँ : ‘हनी बनी’ मा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्ध भएका छन् । निर्देशक दिवाकर भट्टराई सहित टिमले अभिमन्यूलाई अनुबन्ध गरेको हो । अभिमन्यूलाई अनुबन्ध गरेसँगै फिल्मको वर्कसप चलिरहेको निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको सुटिङका लागि सलोन लगायतका कलाकार सोमबार लन्डन प्रस्थान गरेका थिए ।


सन् २०१२ देखि मोडलिङमा सक्रिय अभिमन्यूले ‘लैजा मज्नु’ फिल्म र टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ मा मोडलिङ गरेका छन् । निर्देशक भट्टराईले अभिमन्यूको हजुरआमा नेपाली भएको र उनलाई नेपालीको धेरथोर ज्ञान भएकाले पनि फिल्ममा लिने निर्णय गरेको बताए ।

Kamana Sewa

निर्देशक भट्टराईले यो फिल्मको सुटिङ सोमबारबाट सुरु गर्ने बताएका छन् । निर्माण टिमले मुख्य अभिनेत्रीका लागि जसिता गुरुङलाई लन्डनमा नै अनुबन्ध गरेको थियो । पुरुषोत्तम प्रधानले खिच्न लागेको यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

Classic Tech Desktop

प्रतिकृया