• ४ साउन २०८३, सोमबार
  • ८:०० बेलुका

केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

प्रकाशित मिति

२०७९ बैशाख २२ गते, बिहीबार ०७:२०

२२ बैशाख २०७९, काठमाडौँ : नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले काठमाडौँ महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।


एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौँको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।

Kamana Sewa

प्रतिकृया