• ४ साउन २०८३, सोमबार
  • ८:०१ बेलुका

चुनाव प्रचार गर्न विराटनगरका मेयरले दिए राजीनामा

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०६:२८

१४ बैशाख २०७९, काठमाडौँ : काँग्रेस नेता समेत रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । मेयर पराजुलीले स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने भन्दै बुधबार राजीनामा दिएको बताएका छन् ।


‘म नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले १४ वैशाखदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु’, पराजुलीको राजीनामापत्रमा भनिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया