• २० भदौ २०८३, शनिबार
  • ११ः०९ राती

देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०२:०८

८ वैशाख २०७९, काठमाण्डौं : प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।

National Life

बैठकमा नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ ।


बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् ।

Classic Tech Desktop

प्रतिकृया