• २७ भदौ २०८३, शनिबार
  • १०ः५३ राती

किशोरीले पूर्वी नवलपरासीको जिल्ला अदालतमा पनि फेरिन् बयान

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०७:२१

७ बैशाख २०७९, काठमाडौँ : आफूलाई अभिनेता पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले दुई सातापछि जिल्ला अदालत पूर्वीनवलपरासीमा शाहले बलात्कार नगरेको बताएकी छन्। ती युवतीले अदालतमा बुधबार दिएको बयानमा गैंडाकोटमा एक वर्षअघि फिल्मी गीत छायांकनका क्रममा आफूलाई शाहले जबरजस्ती नगरेको बताएको अदालत स्रोतले जनाएको छ । पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् ।

National Life

त‍ी किशोरीले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् । बुधबार साढे ४ बजे ती किशोरीको बयान सकिएपछि उनको बुबाको बयान सुरु भएको छ । अभिनेता शाहलाई तनहुबाट बुधबार पूर्वीनवलपरासीस्थित अदालतमा ल्याइएको छ । गतचैत २३ गते जिल्ला अदालत पूर्वीनवलपरासीमा बयानका लागि उपस्थित गराइएका शाहलाई अदालतले बुधबार हाजिर हुन आदेश दिएअनुसार उनलाई तनहुँबाट पूर्वीनवलपरासीमा ल्याइएको हो ।


उनै किशोरीले शाहले आफूलाई बलात्कार गरेको अरोप लगाएर तनहुँ र पूर्वीनवलपरासी प्रहरीमा उजुरी गरेकी थिइन् । बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मंगलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा बलात्कार नगरेको र अरुको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया