• १६ असोज २०८३, शुक्रबार
  • ३ः५२ राती

त्रिविमा ३ महिनादेखि तालाबन्दी

प्रकाशित मिति

२०७९ बैशाख ६ गते, मंगलवार ०९:४०

६ बैशाख २०७९, काठमाडौँ : औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन।

National Life

तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाईकन घरमै बसेका थिए। तालाबन्दी लम्बिँदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोर बाटो प्रयोग गरेर काम गर्न थालेका हुन्। एक कर्मचारीले सोमबार भने ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु ? हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहेका छौँ।’ आजको समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया