• १५ असोज २०८३, बिहीबार
  • १ः४१ राती

‘आइएमई पे’ को नयाँ योजना : हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०७:१२

५ बैशाख २०७९, काठमाडौँ : ‘आइएमई पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले टिकट काट्दा सर्वाधिक क्यास ब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ ।

National Life

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको जनाएको छ । नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५०५ सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गन्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु पनि ल्याइएको छ ।


योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यास ब्याकको साथै रू. ३०० अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यास ब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया