• १६ असोज २०८३, शुक्रबार
  • ४ः३८ बेलुका

रूपन्देहीमा भेटियो युवतीको शव : हत्या भन्दै आफन्तले गरे प्रदर्शन, श्रीमान पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०५:२७

१ बैशाख २०७९, काठमाडौं : रूपन्देहीमा एक महिलाको शव फेला परेकाे छ । तिलोत्तमा नगरपालिका-२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको बुधबार राति सवा ९ बजे शव फेला परेको हो। शव फेला परेपछि माइती पक्ष तथा स्थानीयले प्रदर्शन गरेका छन्।

National Life

उनको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।


घटनाको अनुसन्धान गर्न प्रहरीले मृतकका श्रीमान प्रेम टण्डनलाई नियन्त्रणमा लिएको उनले बताए। ‘गएराति कीटनाशक विष सेवन गरी आत्महत्या गरेको भन्ने खबर आएको थियो,’ उनले भने, ‘त्यो खबरपछि बुटवलबाट टोली खटिएको थियो। तर माइती पक्षले उनको हत्या भएको हो भनेर भनिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि त्यहाँ प्रदर्शन जारी छ। माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। उनका अनुसार सो जाहेरी पनि दर्ता भइसकेको छ।


‘विष सेवन गरेको भन्ने प्रारम्भिक जानकारी आए पनि पोष्टमार्टम रिपोर्ट आइसकेपछिमात्रै के भएको हो भन्ने थाहा हुन्छ,’ उनले भने, ‘उहाँहरूले कर्तव्य ज्यान कसुरमा जाहेरी ल्याउनुभएको छ। जुन कसुरमा जाहेरी दिए पनि हामीले निष्पक्ष रूपमा अनुसन्धान गर्छौं।जाहेरी पनि दर्ता भइसकेको छ।’


अनिताको शव पोष्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल लगिएको छ।

प्रतिकृया