• २४ भदौ २०८३, बुधबार
  • ६ः२२ बेलुका

विवेकशील साझाद्वारा काठमाडौंको मेयर र उपमेयरमा दुवैमा महिला उम्मेदवार घोषणा

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ११:३९

२८ चैत २०७८, काठमाडौं : ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुवै जना महिलालाई अघि सारेको छ। ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ नाराका साथ दुई जना महिला उम्मेदवार अघि सार्ने निर्णय भएको हो।

National Life

सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।


बाँस्कोटा वागमती प्रदेशकी पूर्व संयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । उनका अनुसार ३८ बर्सिया बाँस्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छन् । गत निर्वाचनमा काठमाडौं १ क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुन् । नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधर अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ बर्सिया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रतिकृया