• १७ असोज २०८३, शनिबार
  • ८ः५१ बिहान

गठबन्धनको निर्वाचन समिति बैठक आज बस्दै

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार १०:११

२७ चैत २०७८ काठमाडौं : पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ ।

National Life

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा। बेदुराम भुसालले बताए ।


बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।

प्रतिकृया