विदेश जाने विद्यार्थीले स्वदेशमै पढ्ने वातावरण बनाउनु पर्छ : राष्ट्रपति भण्डारी
प्रकाशित मिति
२०७८ चैत्र २५ गते, शुक्रबार ०८:४१
२५ चैत्र २०७८, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै पढाउने वातावरण बनाउनु पर्ने बताएकी छिन्शु क्रवार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल ९हिसान० को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् ।
नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौँ विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसक्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गरी विदेशी विद्यार्थीहरुको अध्ययनको गन्तव्य बनाउन सकिने उनले बताइन् । राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताइन् ।

कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कुलपतिहरुलाई सरकारले निर्माण गरेका विश्वविद्यालयहरुलाई आफ्नै विश्वविद्यालय ठानेर हेलचेक्रयाइँ नगर्न आग्रह गरे । मन्त्री पौडेलले सरकारले उच्च शिक्षालाई नियमन र व्यवस्थित गर्न लागेको पनि जानकारी दिए ।





प्रतिकृया