• २० भदौ २०८३, शनिबार
  • २ः१७ राती

बैंकको व्याजदरका कारण उद्योगी व्यवसायी थप समस्यामा परेको अध्यक्ष उपाध्ययको दाबी

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार १०:४७

२५ चैत २०७८, काठमाडौं : बैंकिङ खबररबागमती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्ययले बैंकको व्याजदरका कारण उद्योगी व्यवसायी समस्यामा परेको दाबी गरेका छन् । मिडिया इन्टरनेशनलले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सो अभिब्यक्ति दिएका हुन् ।

National Life

‘अबको व्याज १३ प्लस हुने भन्ने कुरा छ । ब्याजदर बढ्दै जाँदा उद्योग, व्यवसायी उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं, केही महिनामा कतिको नाम पत्रिकामा छापिने हो थाहा छैन, उनले भने ।


सरकारले विलासित बस्तुको कडाइका कारण केहि प्रभाव परेको बताउँदै उनले यसको रिजल्ट आउन केहि समय लाग्ने बताए । उनले आयतमा कडाइ गरेर मात्रै केहि नहुने भन्दै उत्पादन बढाउन र बजार चलायमान बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।

Classic Tech Desktop

एलसी बन्द गर्ने नाममा साना व्यावसायीहरुले बजारमा कच्चा पदार्थको अभाव खेप्नु परेको उनको भनाइ छ । उनले भने, ‘आयातमा डलरको भाउ बढ्ने र भन्सारमा पनि दर बढेको स्थिति छ ।’

उत्तरी नाकालाई सुलव बनाउने धेरै प्रयास गरेपनि त्यो पहल हुन नसकेको उनको भनाइ छ । तरलता अभाव र आयतमा कडाइ गर्दा फाइदा जस्तो देखिएपनि आफ्नो स्रोत प्रभावित र क्षमता अनुसारको उप्पादन हुन नसकेको उनले प्रश्ट पारे ।

प्रतिकृया