लमजुङमा स्थानीय तह निर्वाचनमा चार दलीय गठबन्धन हुने
प्रकाशित मिति
२०७८ चैत्र २२ गते, मंगलवार ०१:५३
२२ चैत २०७८, काठमाडौं : लमजुङमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन हुने भएको छ । मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै चार दलले लमजुङमा स्थानीय चुनाबका लागि गठबन्धन गर्ने जानाकारी दिएको हो ।
मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडि बढ्ने निर्णय गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस लमजुङका सभापति डा। टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको हो ।
कार्यदलमा कांग्रेसको तर्फबाट जिल्ला सभापति डा टकराज गुरुङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ रहेका छन् ।







प्रतिकृया