• ४ साउन २०८३, सोमबार
  • ८:०१ बेलुका

मतदाता शिक्षा निर्देशिका स्वीकृत

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ०४:४२

२१ चैत २०७८ काठमाडौं : निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ ।


सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानाकारी दिएका हुन् ।

Kamana Sewa

उनका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा शुरु भइ छपाइ कार्य जारी रहेको बताए ।

Classic Tech Desktop

उनले स्थानीय तह निर्वाचनका लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने र सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने बताए ।

प्रतिकृया