• 3:55 pm

इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०१:३०

२० चैत २०७८, काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान अघि नै राष्ट्रिय सभाका उप–सभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका छन् ।


उप–सभामुखले यो अविश्वासको प्रस्ताव असंवैधानिक भएको जिकिर गर्दै खारेज गरेका छन् । यसका साथै राष्ट्रिय सभाको बैठक २५ अप्रिलसम्म स्थगित गरिएको छ ।

यो सत्र राष्ट्रिय सभाका उप–सभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो ।

(एजेन्सी)

प्रतिकृया