• १६ असोज २०८३, शुक्रबार
  • ६ः१४ बिहान

बतास समूहद्वारा पत्र बुझ्नसमेत अस्वीकार

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०८:४३

२० चैत्र २०७८, काठमाडौँ : तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो।

National Life

तर बतास समूहले पत्र बुझ्नसमेत अस्वीकार गरेको कोषका सदस्य सचिव डा। मीलनकुमार थापाले बताए । मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार गर्दा बुझन मान्नुभएन उनले भने । शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले थप निर्णयका लागि आइतबार कुर्नु परेको भनाइ उनको छ । होटल आनन्द कोषले तोकेको मापदण्ड र सम्झौताविपरीत भएकाले हटाउनुपरेको दाबी मन्त्रालयको छ ।


यसअघि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडा सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्दसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया