• १६ असोज २०८३, शुक्रबार
  • ६ः५३ बिहान

युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव छरिएको अवस्थामा फेल

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०९:०४

२० चैत्र २०७८, एजेन्सी : युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको थियो ।

National Life

शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युको कारण प्रस्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो । राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएभएछि रुसी फौज किभनजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ ।


तर युद्धका कारण सहर ध्वस्त बनेको छ । अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया