• १७ असोज २०८३, शनिबार
  • ८ः५३ बिहान

पाटा नेपाल कब्जा गर्ने प्रयास, पूर्व अध्यक्ष सुमन पाण्डे कानुनी उपचारमा जाने

प्रकाशित मिति

२०७८ चैत्र १९ गते, शनिबार ०८:०९

१९ चैत्र २०७८, काठमाडौँ : प्यासिफीक एशिया ट्राभल एसोशियसन अन्र्तगतको ‘पाटा नेपाल च्याप्टर’ केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा कब्जा गर्ने प्रयास भएको भन्दै पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे कानुनी उपचारमा जाने भएको छ ।

National Life

‘पाटा नेपाल च्याप्टर’ को यहि चैत्र २८ गते हुन लागेको साधारण सभाबाट संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिश्पर्धामूलक निर्वाचन सम्पन्न गर्न पहल भइरहेको बेला चैत्र १६ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरी निर्धारित व्यक्तिहरुलाई मात्र संलग्न हुने अवसर प्रदान गरेको पाण्डेले जनाएको छ ।


उक्त निर्वाचन कार्यक्रम स्थगनका लागि चैत्र १६ गतेकै दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराइसकेको उनले जनाए । पाण्डेले चैत्र २० गते आइतबार संस्थाको निर्वाचन स्थगनको माग राख्दै अदालतमा मुद्दा दायर गर्ने जानकारी समेत दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘वर्तमान पदाधिकारिहरु एकलौटी रुपमा अघि बढि सिमित व्यक्तिहरुको घेराबन्दीमा संस्था कब्जा गर्ने प्रयास भएको हुदाँ अब यस परिस्थितिबाट संस्था बचाउनका लागि कानुनी उपचारमा जानुपर्ने अबस्था आएको छ ।’ उनले भने । पाण्डे सन २०१३ जनवरी देखि २०१७ डिसेम्वर सम्म ५ बर्ष ‘पाटा नेपाल च्याप्टर’ को अध्यक्ष रहेका थिए।


प्रतिकृया