• २६ भदौ २०८३, शुक्रबार
  • ४ः११ बिहान

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार १०:३४

१० चैत २०७८, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एक दिने औपचारिक भ्रमणका लागि जाने भएक छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् ।

National Life

भारतको हैदरावादमा हुने सो कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ । विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिकृया