• २४ भदौ २०८३, बुधबार
  • १०ः५७ बिहान

आज नेपाल र थाइल्याण्डको मैत्रीपूर्ण प्रतिस्पर्धा

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०७:४७

१० चैत्र २०७८, काठमाडौँ : आज नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। नेपालले उसकै मैदानमा थाइल्याण्डको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। यस अघिका दुई भेटमा पराजित भएको नेपाल आज बदला लिने सोचमा छ।

National Life

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एसियन कपका छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ। त्यसअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

kumari

नेपाली टिमः
गोलरक्षकः
किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की
रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी
मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ
स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ,

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया