हामी रुसलाई हतियार दिँदैनौं : चीन
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार ०८:५९
७ चैत्र २०७८, एजेन्सी : अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन युद्धका लागि चीनले रुसलाई हतियार नदिने बताएका छन्। चीनले युक्रेनमा जारी तनाव अन्त्य गर्न सक्दो प्रयास गर्ने अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले बताएका हुन्।
गएको शुक्रबार भएको भिडियो संवादको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएका थिए। सोही परिवेशमा चिनियाँ राजदूतले युक्रेन युद्धका लागि रुसलाई हतियार सहयोग नगर्ने स्पष्ट पारेका हुन्।
गएको हप्ता रुसले चीनसँग हतियार तथा वित्तीय सहयोग माग गरेको र चीन पनि त्यसका लागि सकारात्मक रहेको दाबीसहितका खबर प्रकाशित भएका थिए। तर चीनले ती दाबी खारेज गरेको थियो। अमेरिकी टेलिभिजन नेटवर्क सिबिएससँगको कुराकानीको क्रममा गाङले सार्वजनिक रुपमा पश्चिमा राष्ट्रले रुसको निन्दा गर्नुले संकट समाधानका लागि आवश्यक ‘राम्रो कूटनीति’ लाई सहयोग नगरेको बताए।







प्रतिकृया