• २२ भदौ २०८३, सोमबार
  • १०ः११ राती

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ११:२८

४ चैत २०७८, काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।

National Life

यस्तै, तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३८५ रुपैयाँ झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया