• २० भदौ २०८३, शनिबार
  • ४ः१५ बिहान

कामदारलाई समयमै तलब दिन कम्पनीहरूलाई कतार सरकारको निर्देशन

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०८:४७

२ चैत्र २०७८, दोहा : कतारको गृह मन्त्रालयले कामदारहरुको कल्याण र सुरक्षा सुनिश्चित गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले कम्पनीहरूलाई समयमै तलब भुक्तानी गर्न, श्रमिकको हित र सुरक्षा सुनिश्चित गर्न र अपराध रोक्नको लागि आग्रह गरेको हो।

National Life

मंगलबार आयोजित ‘अपराध रोकथाम साझा जिम्मेवारी हो’ भन्ने शीर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा विभागको प्राविधिक कार्यालयका क्याप्टेन मेशाल मुबारक अल-मन्सौरीले भने, ‘केही असफल कम्पनीहरुले तलब नदिएको भन्दै हड्ताल भयो, जुन हाम्रो साँचो धर्मले निषेध गरेको छ र विधायिका कानुनले निषेध गरेको छ।’


‘कम्पनीहरूले सुरक्षा प्रक्रियाहरू, खाना र उपयुक्त आवासको साथ कामदारहरूको जीवनको रक्षा गरेर र कार्यस्थल मात्र होइन बाहिरका कामदारहरूको आधारभूत आवश्यकताहरूमासमेत ध्यान दिएर सुरक्षा कायम गर्नुपर्छ।’ उनले थपे। ‘कम्पनीहरूले कामदारहरूलाई देशको प्रक्रिया र कानुनको बारेमा शिक्षित गराउनु पर्छ, चोरी र आक्रमणहरू रोक्न कामदारहरूको आवासमा सीसी क्यामेराहरू राख्नुपर्छ,’ क्याप्टेन अल-मन्सुरीले भने। उनले कम्पनीका अधिकारीहरूलाई कुनै नकारात्मक व्यवहार वा शंकास्पद गतिविधि देखिएमा सुरक्षा अधिकारीहरूलाई जानकारी दिन पनि भनेका छन् ।

Classic Tech Desktop

उनले कम्पनीहरूलाई कामदार बस्ने आवासको आवधिक रूपमा मर्मत सम्भार गर्न र कामदारहरूको अन्य आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । चोरी कम गर्नको लागि इलेक्ट्रोनिक रूपमा रकम स्थानान्तरण गर्नेबारे जानकारी दिन कम्पनीहरूलाई आग्रह गरेको क्याप्टेन अल-मन्सौरीलाई उद्धृत गर्दै गल्फ टाइम्सले जनाएको छ ।


गत हप्ता मात्र आफूहरूले काम गरेको पारिश्रमिक नपाएको भन्दै कतारको बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत नेपाली लगायत अन्य देशका गरी चार हजार भन्दा बढी श्रमिकहरूले सडकमा कम्पनीविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रतिकृया