• २० भदौ २०८३, शनिबार
  • १ः०७ राती

इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनको प्यानल नै विजयी

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०८:०१

२ चैत्र २०७८, काठमाडौँ : नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ। डा हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औं केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्।

National Life

अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएको सोही प्यानलबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले जानकारी दिए। धितालका अनुसार अध्यक्षका अन्य उम्मेदवारमा डा सुरज लामिछानेले २८११, डा हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरे।


दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह कोषाध्यक्षमा दिपक अधिकारी विजयी भएका छन्। नेइएको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए। कांग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले पनि प्रतिस्पर्धा गरेको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुको छुट्टै प्यानल थियो।

Classic Tech Desktop

एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरुले गठबन्धन बनाएका थिए। मजदुर किसान पार्टी निकटका इन्जिनियरहरुले पहिलोपटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए। विवाद भएपछि मधेस प्रदेशको मतगणना रोकिएको छ। गणना सकिएका अन्य प्रदेशमा भने कांग्रेस निकटको सिडेन प्यानलसहित विजय भएको छ।

प्रतिकृया