कांग्रेसले चुनावी गठबन्धनमा जाने कि नजान छिटो निर्णय गर्नुपर्छः डा. वंशीधर मिश्र
प्रकाशित मिति
२०७८ फाल्गुन २६ गते, बिहीबार ११:३८
२६ फाल्गुन २०७८, काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का नेता डा. वंशीधर मिश्रले पार्टीभित्र एमसीसी विवाद सकिएको बताएका छन् । भने, “एमसीसी सम्झौतामा केही आशंकायुक्त प्रावधान थिए । नागरिक स्तरमा नकारात्मक सोच आएको थियो ।

नेता डा. मिश्रले हामी त्यसलाई बदल्न सफल भएका छौं । अन्तर्राष्ट्रिय कानुनी मान्यतासहित पारित गरेकाले कार्यान्वयन पक्षमा गएका छौं । पार्टीभित्र एमसीसीसम्बन्धी विवाद र बहस अन्त्य भएको छ ।”
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा नेकपा एमाले अध्यक्ष केपी शर्मामाथि लगाइएको आरोप निराधार नभएको उनले दाबी गरे । डा. मिश्रले भने, “उहाँले ओलीमाथि फगत आरोप लगाउनुभएको होइन । हामी अलोकतान्त्रिक शक्तिलाई परास्त गर्न सफल भएकै हौं । यो यथार्थ कुरा हो । हामीले देश र जनताको हितका लागि विद्रोह गरेका छौं । अब हामी संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै गठबन्धन संस्कृतिलाई बलियो बनाउने पक्षमा छौं । ठूलो पार्टीबाट भरखर विद्रोह गरेकाले पुनः संगठित गर्दै जान एकताबद्ध भएका छौं ।”

चुनावी गठबन्धन गर्ने कि नगर्ने भनन्े बारेमा नेपाली कांग्रेसभित्र दुबिधा भए पनि त्यसको छिटो निर्णय गर्नुपर्ने डा. मिश्रले बताए । उसले गठबन्धनमा नजाने निर्णय गरे पनि बाँकी दलसँग गठबन्धन गरेर जान्छौं । चुनावबाट भाग्ने कुरा हुँदैन, भाग्नु पनि हुँदैन । हामी जुनसुकै परिस्थितिका लागि तयार छौं ।”
पूर्व राजदूत समेत रहेका डा. मिश्रले राजदूत फिर्तासम्बन्धी निर्णयमा हतार गरिएको टिप्पणी गरे । उनले भने, “सरकार बदलिने बित्तिकै सबै राजदूत फिर्ता गर्न हतार गरियो । व्यवस्था परिवर्तन भएको होइन । सरकार मात्र परिवर्तन भएको हो । अन्तर्राष्ट्रिय सम्बन्धमात्र नभएर सम्बन्धित देशमा रहेका नागरिकलाई असुविधा भइरहेको छ । अब राजदूत नियुक्ति यथाशीघ्र हुनुपर्छ । यसबारे गठबन्धनभित्र गृहकार्य पनि भइरहेको छ ।”



प्रतिकृया