• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

प्राधिकरणको चेतावनी : पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ११:२४

२३ फागुन २०७८, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने चेतावनी दिएको छ । आज सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन प्राधिकरणले आग्रह समेत गरेको छ ।


अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौतानगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको छ ।

Kamana Sewa

‘नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटक(पटक सचेत गरिसकिएको छ,’ सूचनामा भनिएको छ,’नियमानुसार सम्झौता नगरी सेवा प्रदायकहरूले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामग्री नियन्त्रणमा लिनसक्ने छ ।’

Classic Tech Desktop

विद्युतीय संरचनाहरूमा जडान भएका अप्टिकल फाइवर तथा अन्य उपकरणहरू जुनसुकै बेला हटाउन सक्ने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्वन्धित सेवा प्रदायक संस्था नै हुने प्राधिकरणले बताएको छ ।


टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन प्राधिकरणले आग्रह समेत गरेको छ ।

प्रतिकृया