• २३ भदौ २०८३, मंगलबार
  • ११ः२४ बिहान

फलफूल पसलमा गाँजा बिक्री गर्ने युवक पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन १८ गते, बुधबार ०६:४०

१८ फागुन २०७८, काठमाडौँ : धनुषामा फलफूल पसलमा लागुऔषध बेच्ने एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा धनुषा प्रहरीले बुधबार बिहान करिब ११ बजे फलफूलको पसलबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

National Life

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ का १९ वर्षीय अरुण कुमार साह रहेका छन् । क्षिरेश्वरनाथ नगरपालिका–५ दूधमती चौक स्थित रवि साह र उनका छोराले सञ्चालन गरेको फलफूल पसलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले खानतलासी गर्दा डिस्पोजल झोलाभित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको पुरिया १३ थान बरामद गरिएको हो।


बरामद गरिएको गाँजा ९० ग्राम छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया