• १७ असोज २०८३, शनिबार
  • ३ः०७ दिउँसो

एमसीसी सम्झौतामाथिको व्याख्यात्मक घोषणामाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०८:०१

१५ फागुन २०७८, काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

National Life

सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ’ भनिएको छ ।


प्रस्तावमा भनिएको छ, ‘देशको मूल कानुनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरुभन्दा माथि रहेको छ भनी घोषणा गर्दछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया