• १७ असोज २०८३, शनिबार
  • ३ः४१ दिउँसो

ओली त आँखा चिम्लेर एमसीसी पास गर्न तयार थिए : माधव नेपाल

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०७:५७

१५ फागुन २०७८, काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली विना शर्त एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभामुख हटाउने, १४ सांसदलाई हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिने शर्तमा ओली एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका हुन् ।

National Life

‘केपी ओली त आँखा चिम्लेर पास गरिदिनेमा थिए । तर शर्त के ? सभामुख हटाउनुपर्ने, हामी १४ जना सांसदलाई फाल्नुपर्ने, महाभियोग फिर्ता लिनुपर्ने, हाम्रो पार्टी दर्ता खारेज गर्नुपर्ने’ उनले भने ।


नेता नेपालले त्यसपछि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न आफूहरु तयार भएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया