• २३ भदौ २०८३, मंगलबार
  • ११ः४३ बिहान

सुनको मूल्य एक हजारले घट्यो , कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ११:२५

१३ फागुन २०७८, काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले घटेको छ । आज छापावाला सुन ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो ।

National Life

यस्तै, तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया