कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी शुरु
प्रकाशित मिति
२०७८ फाल्गुन १३ गते, शुक्रबार ११:५३
१३ माघ २०७८, काठमाडौं : कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र Futurex Trade Fair and Events ले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी (4th Nepal Agritech International Expo 2022) आयोजना शुरु गरेकाे छ । यस एक्सपो आज फागुन १३ देखि भाेलि १४ र पर्सि १५ गते बागमती प्रदेश अन्तर्गत चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुर (Chitwan Expo Center) मा आयोजना हुन लागेको मिडिया स्पेस सोलुसन्स प्रा.लि बताएकोे छ । तीन दिन आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने कुरा कम्पनीका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिएको कम्पनीले जनाएको छ ।


निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास कम्गपनीले गरेकाे छ।

Nepal Agritech अन्तरास्ट्रिय प्रदर्शनी संगै नेपाल फुड एंड बेभेरेज एक्स्पो पनि आयोजना हुन गैरहेको छ । यस प्रदर्शनी मा फुड एंड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।
समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देश भरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । कम्पनीक अनुसार प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ ।
मडिया स्पेस सोलुसन्सका अनुसार यस प्रर्दशनीलाई सफल बनाउनका लागि कृषि तथा पशुपन्छी बिकाश मन्त्रालय, कृषि बिभाग, पशु सेवा बिभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरुले सहयोगीको भुमीका निभाईरहेका छन् । साथै यस प्रदर्शनीमा भारतीय स्टलहरुलाई समावेश गर्न ASSOCHAM (The Associated Chambers of Commerce & Industry of India) ले सहयोगी भुमीका निर्बाह गरेको छ ।




प्रतिकृया