• २३ भदौ २०८३, मंगलबार
  • ११ः४९ बिहान

बानेश्वरदेखि माइतीघरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ११:१४

१३ फागुन २०७८, काठमाडौं : आज पनि बानेश्वरदेखि माइतीघरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ गरिएकाे छ । बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको हो ।

National Life

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित भएकाले ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

प्रतिकृया