• ३१ भदौ २०८३, बुधबार
  • ५ः४० बिहान

देउवासँग छुट्टिएलगत्तै प्रचण्डसँग ओलीको भेट

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०६:०३

१२ फागुन २०७८, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डसँगै भेट गरेका हुन् ।

National Life

सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो । त्यसपछि दुबै दलका अरु नेताहरुसहित छलफल भएको नेताहरुले बताएका छन् । भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी छन् ।


नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया