• २० भदौ २०८३, शनिबार
  • ४ः१५ बिहान

सानिमा बैंक अब गोरखाको शक्तिचोकमा

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०५:२५

१२ फागुन २०७८, काठमाडौं सानिमा बैंक लिमिटेडले गत फाल्गुन १२ गते गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

National Life

उद्घाटन समारोहमा मह जोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी गोरखा नगरपालिकाका मेयर श्री राजन राज पन्तले सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए ।


सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

Classic Tech Desktop

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

प्रतिकृया