• २७ भदौ २०८३, शनिबार
  • ११ः१६ बिहान

प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार १२:४६

१२ फाल्गुन २०७८, काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनमा रहेका यी दुई नेताबीच संसद बैठकमा टेबल भइसकेर छलफलमा जान लागेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल भएको जनाइएको छ ।

National Life

भेटमा प्रचण्डले एमसीसीबारे आफ्नो दल र गठबन्धनका अन्य दलहरुलेसमेत समर्थन गर्न नसक्ने जानकारी प्रधानमन्त्री देउवालाई गराएका बालुवाटार स्रोतले बताएको छ । स्रोतका अनुसार प्रचण्डले एमसीसी प्रक्रियाबाटै पास नभएपछि गठबन्धनमा यसको असर पर्न नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् भने प्रधानमन्त्री देउवाले सरकारको प्रस्ताव भएकाले एमसीसीको बिरोधमा सरकारमै सामेल दलहरुले मतदान गर्दा गठबन्धन अप्ठेरोमा पर्ने बताएका छन्।


प्रचण्ड देउवालाई भेट्न बिहानै बालुवाटार पुग्नुअघि प्रचण्डले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेतासँग छलफल गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया