• २४ भदौ २०८३, बुधबार
  • ४ः४६ बेलुका

एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डलाई देउवाको आग्रह

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार १०:४५

११ फाल्गुन २०७८, काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारिरहेके बेला देउवाले ‘एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डलाई आग्रह गरेका छन् । आज बुधबार देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटबार्ता गरेर उकत आग्रह गरेका हुन् ।

National Life

भेटका लागि आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका उनले संसद्मा टेबल भएको एमसीसी पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ।


माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीका विषयमा आफूहरूले लिखित असहमति जनाएका कारण पक्षमा मतदान गर्न नसक्ने जवाफ दिएका छन्। विपक्षमा मतदान गर्ने वा अनुपस्थित भएर असहमति प्रकट गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया